रोशी सहकर्मी–जेठ ४,
२०७७,सिन्धुली/

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर चार कुईभिर स्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा आज २ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा सुर्खेतको पञ्चकोटी नगरपालिका ७ घर भई हाल फिक्कल ४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षको दिनेश बुढा क्षेत्री र सोही ठाउँको २० वर्षीया विश्व जनक बुढा क्षेत्री बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाको प्रहरी चौकी खाङसाङ र ईलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यसैबीच, सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा स्कुटर दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । दुर्घट्नामा परी ढुंग्रेवासमा रहेको कमला सप्लायर्समा कार्यरत रमेश नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box