यश कुमार परियार-जेठ ८,
२०७७,काभ्रे/

तेमाल गाउँपालिका वडा नम्बर ६ ठुलो पर्सेलका वडा अध्यक्षले घर घरमा गएर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न सुरु गरेका छन् । वडा अध्यक्ष विकु लाल तामाङका अनुसार २०७६/०७७ को वार्षिक कार्यक्रम अनुसार जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रमलाई अघि बढाईएको बताए । कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण नेपालमा पनि दिनानुदिन बढ्दै जाँदा वडा अध्यक्षले भने दिर्घरोगी, जेष्ठ नागरिक, स्वास्थ्यमा समस्या आईपरेका व्यक्तिको उपचार र स्वास्थ्य परिक्षणलाई निरन्तर्ता दिएका हुन् ।

वडा अध्यक्ष तामाङका अनुसार आज पहिलो दिन ५४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जसमध्ये १७ जना दिर्घ रोगी, सामान्य विरामी १६ र २१ जना स्वास्थ भेटिए । यस कार्यक्रममा ठुलो पर्सेल स्वास्थ्य चौकी टोली र वडा अध्यक्ष आफै घर घरमा पुगेर स्वास्थ्य जाँचमा संलग्न छन् । स्वास्थ्य जाँचको क्रममा कोहि अस्वस्थ भेटिए स्वास्थ्य चौकीबाट प्रप्त हुने निःशुल्क औषधि वितरण गरिएको पनि वडा अध्यक्ष लामाले बताए । यदि लकडाउन लम्बिदै गयो भने दिर्घ रोगीहरुले नियमित शेवन गरिरहेका औषधीको व्यवस्था गर्ने उनले बताए । “दिर्घरोगीहरुले सेवन नियमित सेवन गर्ने औषधीको विवरण संकलन गर्ने काम भएको र बजेटको स्थिति अनुसार २ देखि ४ महिना सम्म पुग्ने गरी औषधी वितरण गर्छौ” उनले भने ।

यसरी घर घरमै स्वास्थ्य परिक्षण गराउन पाँउदा स्थानियले वडा अध्यक्षलाई धन्यवाद दिए । समय समयमा अस्पताल जान नपर्ने भएपछि उनिहरु पनि खुसी छन् । वडा अध्यक्ष तामाङले स्वास्थ्य परिक्षण गराउनुको उद्देश्य आफ्नो वडालाई स्वास्थ्य बनाउनु रहेको बताए । स्वास्थ्य परिक्षण कार्यक्रम १५ गते सम्म जारी रहने उनले जानकारी दिए ।

Facebook Comments