रोशी सहकर्मी–जेठ ११,
२०७७,काभ्रे/

जिल्लामा कार्यरत सुरक्षाकर्मीहरुलाई श्री नबजालुके सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङलाई संस्थाकी अध्यक्ष गंगा बस्नेतले स्वास्थ्य सामग्री हस्ताण्तरण गरेकी हुन् ।

स्वास्थ्य सामग्रीहरुमा एक हजार थान माक्स, ५ लिटर सेनिटाईजर र सर्जिकल ग्लोब्स् रहेको थियो ।

विश्वभर फैलिएको नोभेल कोरोना भाईरसबाट सिर्जित विषम परिस्थितीमा सुरक्षाकर्मीलाई काम गर्ने वातावरण निर्माणका निमित्त र उनिहरुको मनोबल उच्च बनाउन सहकारीको तर्फबाट स्वस्थ्य सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष बस्नेतले बताईन् । ‘यो विषम परिस्थितीमा पनि जनताको सुरक्षाको लागि निरन्तर जिम्मेवारी बहन गरिरहनुभएकाले उहाँहरुको आत्मबल उच्च बनाउनको लागि संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेको हो’– अध्यक्ष बस्नेतले बताईन् ।

कोरोना भाइरसको जोखिममा पनि सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भएको कार्यालय आभारी रहेको र यसबाट थप उर्जा प्राप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तामाङले बताए ।

Facebook Comments