Friday, February 6, 2026
Date
शुक्र, माघ २४, २०८२
Fri, February 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाढीपहिरोले बस्ती नै बगाएपछि खानीखोला–६ चनौटेका विस्थापित परिवारको त्रिपालमुनि वास

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक १, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
बाढीपहिरोले बस्ती नै बगाएपछि खानीखोला–६ चनौटेका विस्थापित परिवारको त्रिपालमुनि वास
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बाढीपहिरोले बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।

You might also like

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहनु भएको छ ।

खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उहाँले बताउनुभयो । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आउनुभएको छ ।

चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उहाँसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएका छन् ।

‘असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ’, फूलबहादुरले भन्नुभयो, ‘खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।’ १२ जनाको परिवार रहेको उनको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढीले बगाएको छ ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरुको भनाइ छ ।

पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।

गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ ।

बालबालिकासमेत बिचल्लीमा छन् । बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् ।

खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएको बताउनुभयो । ‘नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन’, उहाँले भन्नुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताउनुभयो । त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन।

अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् ।– रासस

Previous Post

रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले

Next Post

अब मेथिन्कोट अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा

RadioRoshi

RadioRoshi

Related Posts

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
Next Post
अब मेथिन्कोट अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा

अब मेथिन्कोट अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अनलाइन क्यासिनो खेलाएको आरोपमा काभ्रेका एक सहित चार जना पक्राउ

अनलाइन क्यासिनो खेलाएको आरोपमा काभ्रेका एक सहित चार जना पक्राउ

मङ्लबार, चैत्र ६, २०८०
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.