Wednesday, June 24, 2026
Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक १, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले
600
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

गत १० देखि १३ असोजसम्म भएको अविरल वर्षाका कारण काभ्रेमा धेरै धनजनको क्षति भएको छ । बाढीबाट ७८ जनाले ज्यान गुमाए । सातजना बेपत्ता छन् । ८० जनाभन्दा बढी घाइते भए । पशुपन्छी र भौतिक संरचना क्षतिको यथार्थ विवरण अझै आइसकेको छैन ।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

बाढीपहिरोले रोशी गाउँपालिकामा निर्माण अन्तिम चरणमा पुगेको तीन संरचनाको उद्घाटनअगावै बगाएको छ । रोशी गाउँपालिका– १ मा अवस्थित १० शड्ढयाको आधारभूत अस्पताल भवन, वडा नम्बर ११ मा अवस्थित डम्फु जीवन्त संग्रहालय र रोशी औद्योगिक ग्रामको प्रशासनिक भवन निर्माण सम्पन्न भएर पनि उद्घाटन हुन सकेन ।

संघीय सरकारले अघि सारेको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’अन्तर्गत रोशी– १ मा आधारभूत अस्पताल भवन निर्माण भएको थियो । खहरेपाँगुमा निर्माणाधीन दश शड्ढयाको अस्पताल निर्माणको काम करिब अन्तिम चरणमा थियो । ०८१ जेठ मसान्तभित्र अस्पताल निर्माण सम्पन्न गर्न १३ चैत ०७७ मा सगुन धुलिखेल जेभीसँग सम्झौता गरिएको थियो । संघीय सरकारबाट बजेट नआएपछि पुनः पुस मसान्तसम्म म्याद थप भएको थियो । ६ करोड पाँच लाख रुपैयाँमा अस्पताल निर्माणका लागि सम्झौता गरिएकोमा संघीय सरकारबाट तीन करोड ५० लाख रुपैयाँ मात्रै प्राप्त भएको थियो ।

बाढीपहिरोले रोशी– ११ कालढुंगामा रहेको औद्योगिक ग्राम र डम्फु जीवन्त संग्रहालयसहितको पार्क बगाएको छ । तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र तामाङ भाषाका पुस्तक रहने गरी ‘डम्फू जीवन्त संग्रहालय पार्क’ निर्माण भएको थियो । पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको थियो ।

संग्रहालय निर्माण गर्न करिब ११ करोड रुपैयाँ लाग्ने भन्दै हालसम्म दुई करोड ६० लाख रुपैयाँ खर्च भइसकेको र चालू आर्थिक वर्षमा संग्रहालय र पुस्तकालय भवन निर्माण गर्न संघीय सरकारको तीन करोड र गाउँपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेका थिए । प्राकृतिक विपत्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नौ डायमिटरको डम्फु निर्माण भएको थियो । संग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा निर्माण भएको थियो । सबै संरचना बाढीपहिरोले तहसनहस बनाएको छ ।

साना उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित संघीय सरकारले सुरु गरेको औद्योगिक ग्राम निर्माणका लागि काभ्रेका पाँचखाल, धुलिखेल र रोशी छनोट भएको थियो । सोहीअनुसार रोशी गाउँपालिका– ११ कालढुंगामा औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना निर्माण भएको थियो । करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम तयार भएको थियो ।

औद्योगिक ग्राम निर्माणका लागि एक करोड २६ लाख रुपैयाँको टेन्डर आह्वान भएको थियो । संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा तयार भएको औद्योगिक ग्रामको उद्घाटनअगावै रोशी खोलामा आएको बाढीले जगैसमेत बगाएको छ । ग्राम सञ्चालनपछि डेरी, मह, चियाकफी प्रशोधन, जडीबुटी प्रशोधन, काठ तथा बेतबाँसको फर्निचर, स्थानीयको मागमा आधारित रहेर उद्योगहरू सञ्चालन हुने आशा थियो । स्थानीयको सबै आशा र विश्वासमा ठेस लागेको छ । रोशी गाउँपालिकामा मात्रै १२ जनाको मृत्यु र ५२ जना घाइते भएका छन् ।

१० शैयाको आधारभूत अस्पताल भवन
रोशी गाउँपालिका– १, खहरेपाँगुमा निर्माणाधीन १० शैयाको आधारभूत अस्पताल भवन । ६ करोड पाँच लाखमा अस्पताल निर्माणका लागि सम्झौता गरिएकोमा संघीय सरकारबाट तीन करोड ५० लाख मात्रै प्राप्त भएको थियो । संघीय सरकारबाट बजेट नआएपछि पुनः पुस मसान्तसम्म म्याद थप भएको थियो । निर्माणको अन्तिम चरणमा रहेको भवन रोशी खोलामा आएको बाढीपहिरोले उद्घाटनअगावै बगाएको छ ।

औद्योगिक ग्रामको प्रशासनिक भवन
रोशी– ११ कालढुंगामा रहेको औद्योगिक ग्राम । करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम तयार भएको थियो । औद्योगिक ग्राम निर्माणका लागि एक करोड २६ लाख रुपैयाँको टेन्डर आह्वान भएको थियो । संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा तयार भएको औद्योगिक ग्रामको उद्घाटनअगावै रोशी खोलामा आएको बाढीले जगैसमेत बगाएको छ ।

डम्फु जीवन्त संग्रहालय
तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र तामाङ भाषाका पुस्तक रहने गरी रोशी– ११ कालढुंगामा ‘डम्फु जीवन्त संग्रहालय पार्क’ निर्माण भएको थियो । करिब ११ करोड लाग्ने भन्दै हालसम्म दुई करोड ६० लाख रुपैयाँ खर्चमा संग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा निर्माण भएको थियो । सबै संरचना बाढीपहिरोले तहसनहस बनाएको छ । –नयाँ पत्रिकाबाट

Previous Post

रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले

Next Post

बाढीपहिरोले बस्ती नै बगाएपछि खानीखोला–६ चनौटेका विस्थापित परिवारको त्रिपालमुनि वास

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
Next Post
बाढीपहिरोले बस्ती नै बगाएपछि खानीखोला–६ चनौटेका विस्थापित परिवारको त्रिपालमुनि वास

बाढीपहिरोले बस्ती नै बगाएपछि खानीखोला–६ चनौटेका विस्थापित परिवारको त्रिपालमुनि वास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधार सहितको कार्यतालिका ल्याउन महासंघको माग

तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधार सहितको कार्यतालिका ल्याउन महासंघको माग

मङ्लबार, बैशाख ९, २०८२
स्थायी कर्मचारीहरुको तहबृद्धिको लागि आवेदन दिन तेमाल सरकारको अपिल

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि निवेदन दिन तेमाल गाउँपालिकाको अपिल

आइतवार, असार २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.