फागुन २३,
२०७७,सिन्धुपाल्चोक/

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले कोराना संक्रमणमा जोखिम मोलेर काम गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गर्नुभएको छ । आज सुकुटे रिसोर्टमा आयोजित एक कार्यक्रमका बिच सिन्धुपाल्चोक जिल्लाका ४ जना सक्रिय पत्रकार सहित जनप्रतिनिधि र कार्यकर्ताहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कोरोनाको संक्रमण तथा विपत्तिमा योगदान पुर्याउने जिल्लाका अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पत्रकार देवराज सुवेदी, दुर्गा आयार्य, निरोज चौलागाई र चित्र मिजार गरि जिल्लाका ४ पत्रकार र अन्य विपत्तिमा सहयोग गर्ने ब्यक्तिहरु थिए ।

सिन्धुपाल्चोकमा कोरोना भाइरस र प्राकृति प्रकोपमा परेको सिन्धुवासीलाइ स्वास्थपोचार, स्वास्थ सामाग्री, खाद्यान्न लत्ताकपडा, त्रीपाल लगायत आश्यक सामाग्री बितरणमा खटिने नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुहरुसमेत सम्मानित गरिएको नेपाली काङ्ग्रेसका युवा नेता प्रकाश सापकोटाले जानकारी दिए ।

Facebook Comments Box