काभ्रे,
तेमाल गाउँपालिकामा प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१ शुरु भएको छ । प्रतियोगिताको आज संविधान सभा सदस्य, वागमती प्रदेशका पूर्व खानेपानी तथा उर्जा मन्त्री सांसद तिर्थबहादुर लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको विशिष्ट आतिथ्यतामा उद्घाटन गरीएको हो ।
आज उद्घाटनको दिन भएको पहिलो खेलमा बेथानचोक गाउँपालिका र तेमाल आयोजक टिम ‘ख’ बीच प्रतिस्पर्धा भएकोमा आयोजक तेमाल टिमले जितेको छ । त्यस्तै दोस्रो खेल लामाखोर समाज र ७ नं वडा बीच भएको थियो जसमा ७ नं वडाको टीम विजयी भएको छ ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारको कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, , खेलाडिहरु,स्थानियवासिहरु लगायतको सहभागिता रहेको थियो ।