काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले नौलो र उदाहरणीय कार्यको थालनी गरेको छ । भुम्लु गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने अभियान अन्तर्गत गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले उत्पादन गरेको साग किनिदिने भएको छ । प्रतिकिलो २५ रुपैयाँका दरले किसानसंग साग खरिद गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीले जारी गरेको सूचनामा भनिएको छ ।
किसानसंग खरिद गरिएको सागबाट गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ । पन्ध्र दिनभित्र आफुसंग रहेको सागको परिणाम सहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन सूचना मार्फत भनिएको छ ।
