रोशी सहकर्मी–जेठ १२,
२०७७,काभ्रे/

काभ्रेमा चट्याङ लागेर ४ जना घाईते भएका छन् ।

जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर २ दम्पती घाइते घाइते भएको स्थानीय उर्लेनी मुलखर्क सामाजिक युवा क्लबका अध्यक्ष तारा बहादुर कुवँरले जानकारी दिए ।

घाइते हुनेमा प्रकाश महत र उनकी श्रीमती प्रमिला महत रहेका छन् । त्यस्तै नारायण महत र उनकी श्रीमती बिमला महत पनि घाइते भएको कुवँरले जानकारी दिए ।

दिउँसो हावा, हुरी र पानीसँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते मध्ये प्रकाश महतका अवस्था अलिक जलिट रहेको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments