बैशाख १५,
२०७८,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकाले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यार्थीहरुको बार्षिक परीक्षाको तयारी गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेलद्वारा हस्ताक्षरीत सुचनामा नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन सन्चालन केन्द्र छाउनीको बैशाख १२ को सुचना एवं गाउँपालिकाको बैशाख १५ को निर्णय अनुसार विद्यालयहरुलाई यस्तो निर्देशन दिईएको हो ।

सुचनामा पालिकाको निर्देशन अटेर गरी तेमाल गाउँपालिका भन्दा बाहिर गई कोभिड पोजेटिभ लगाएत अन्य रोग लागेमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयम शिक्षक नै हुनुपर्ने भनिएको छ । यस्तै गाउँपालिकाबाट दिइएका निर्देशनहरुको पालना गरेको नदेखिएमा त्यस्ता विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब, भत्ता रोक्का गर्ने समेत निर्णय पालिकाले गरेको छ । पालिकाले भोलीदेखि ७ दिनसम्म विद्यालयमा बालबालिकाको भौतिक उपस्थिति नगराउन निर्देशन दिएको छ । तर विद्यालय प्रशासन भने दैनिक रुपमा सूचारु हुनुपर्ने छ ।

यसैबिच, गाउँपलिकाले क्वारेन्टाईनको निर्माण गर्नेभएको छ । कोरोनाको सुरुवाती चरणमा स्थापना गरिएको क्वारेन्टाईन फेरी संचालनमा ल्याउन वडा अध्यक्षहरुलाई मौखिक रुपमा भनिएको प्रमुख प्रशासकिय अधिकृत कुँईकेलले जानकारी दिएका छन् । गाउँपालिकाले पोखरीनारायण स्थान स्वास्थ्य चौकीमा ५ वेडको आईसोलेसन कक्ष स्थापना गरेकोमा यथावत राखिएको उनले बताए । जसमा स्टाफ नर्स रहेको र डाक्टरको विज्ञापन गर्दा आवेदन नपरेको उनले बताए ।

Facebook Comments Box