यश कुमार परियार–जेठ १८,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाका १७ सय घर धुरीले अमेरीकन फौजी किरा बिरुद्ध किटनाषक औषधी पाएका छन् । गाउँपालिकाको कृषि शाखा प्रमुख रघुनी शाहका अनुसार अझै ८ सय घरधुरीलाई किटनाशक औषधी वितरण गरिने जानकारी दिए ।

उनका अनुसार ५ देखि ६ रोपनी क्षेत्रफलमा मकै लगाएका कृषकलाई एभरटप ईन्सेफ्टीसाईड नामक औषधी (१००) एम्.एल्. एक एक वटा वितरण गरिएको छ । साथै कम जमिनमा मकै बाली लगाएका कृषकलाई भने समुह मिलाई औषधी वितण गरिएको उनको भनाई छ ।

नि:शुल्क रुपमा वितरण गरिएको यस औषधी कृषकहरुले नजिकैको वडा कार्यलय मार्फत वा गाउँपालिकामा सम्पर्क गरेर पनि पाउन सक्ने प्रमुख शाहले बताए । पछिल्लो समय अमेरीकन फोजी कीराको प्रकोप काभ्रे लगायत आसपासका जिल्लामा देखिएको छ । यो किराले मकैको पात खाईदिने, जरा टोकेर गुभो कुहियाउने गर्दछ ।

अमेरिकन फौजीकीरा अमेरिकाको रैथाने कीरा हो । यो कीरा सन् २०१६ मा अफ्रिकामा महामारीको रुपमा देखिएको थियो । सन् २०१८ जुलाईमा भारतको करनाटाकामा महामारीको रुपमा देखिएको यो कीरा नेपालमा पहिलो पटक सन् २०१९ मे मा नवलपुर जिल्लामा देखिएको थियो भने यस वर्ष नेपालको अधिकांस जिल्लाका मकैबालीमा मुख्य समस्याको रुपमा देखिएको छ ।

प्रयोग गर्ने बिधिः

यस फौजी किरा मार्न एक लिटर पानीमा किटनाषक औषधी (एभरटप ईन्सेफ्टीसाईड) २ एम्.एल्. राखी किरा भएको बोटमा छर्नु पर्दछ । यस औषधीलाई बिषेश दिउँसोको समयमा छर्नु उपयुक्त भएको शाखा प्रमुख शाहले जानकारी दिए ।

Facebook Comments