सांकेतिक तस्विर

रोशी सहकर्मी–जेठ १८,
२०७७,काभ्रे/

जिल्ला ट्राफिक प्रहरीले आजबाट चालकसँग १ मिनेट कार्यक्रम सुरु गरेको छ । सवारी दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यस्तो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले बताए ।
खराब मौसमका कारण दुर्घटना हुने सक्ने कुरालाई मध्यनजर गर्दै सेचतनामूलक सन्देश दिनका लागि यस कार्यक्रम सुरु गरिएको उनको भनाई छ । वर्षा याम सुरु भएको र यस समयमा दुर्घटनाको जोखिम पनि बढ््ने सम्भावना बढि भएकाले तिब्र गतिमा सवारी नचलाउन सन्देश दिईएको प्रमुख तामाङले बताए ।

यसैबिच सवारी साधनहरुले अनावश्यक रुपमा प्रेसर हर्न बजाएर ध्वनी प्रदूषण भएको भन्दै स्थानीयले गुनासो गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले प्रेसर हर्न निकाल्न सुरु गरेको छ । ट्राफिक प्रहरीले ४३ वटा सवारी साधनबाट १२५ वटा प्रेसर हर्नमा प्रयोग हुने सोली र अनावस्यक रुपमा जडान गरिएको वत्तीहरु ऋाज झिकीएको जनाएको छ । अहिले प्रेसर हर्न अनुगमनको लागि जिल्लाको प्रमुख नाका मंगलटार, भकुण्डे, काभ्रे भञ्ज्याङ, दोलालघाट, पाँचखालमा चेकजाँच कडाइ गरेको प्रमुख तामाङले बताए ।

Facebook Comments