रोशी सहकर्मी–जेठ १९,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १८ जना कै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बिदाई गर्न थालिएको छ । गत सोमबार बेथानचोक गाउँपालिका वडा न ६ भुग्देउमा १६ जना र ढुङर्खकमा २ जना भारतबाट आएका थिए । उनीहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।

बेथानचोक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सिताराम तिमल्सिनाले १८ जना मै कोरोना सङक्रमण पुष्टी नभएपछि बिदाई गर्न सुरु गरेको जानकारी दिए । उनका अनुसार शनिवार उनीहरुको स्वाव संकलन गरेर धुलिखेल अस्पताल पठाइएको थियो । आइतबार आएको रिपोर्ट उनीहरुको नेगेटिभ देखिएको हो । १८ जना मध्ये १५ जना बेथानचोकका हुन भने बाँकी तीन जना पनौती नगरपालिका–११ बल्थली, रोशी गाउँपालिका–८, मेलम्ची नगरपालिका डढुवा रहेका छन् । उनीहरुलाई उठाउन समन्वय भइरहेको तिमल्सिनाले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आएपछि वडा अध्यक्षत्रय भगवान घिमिरे, लालबहादुर श्रेष्ठ र विष्णु लामा, स्वास्थ्य शाखा प्रमुख तिमल्सिना लगायतले टिका र खादा लगाएर बिदाइ गरेका थिए ।

Facebook Comments