रोशी सहकर्मी–जेठ १९,
२०७७,काभ्रे/

काभ्रेमा भारतबाट आएका ११८ जना विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसेका छन । काभ्रेपलाञ्चोक जिल्लामा केही दिन अगाडि आएकालाई विभिन्न पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टाइनमा बसेका ११८ मध्ये १०७ जना पुरुष र ११ जना महिला रहेको छन् । उनीहरुको पीसीआर परीक्षण भइरहेको छ, भने धुलिखेल अस्पतालको ओसोलेसनमा एक जना भर्ना भएका छन् ।

Facebook Comments Box