रोशी सहकर्मी–जेठ २०,
२०७७,काभ्रे/

काभ्रेमा अत्यन्त न्यून आय भएका दैनिक ज्यालादारी गर्ने करिब २० हजार परिवारलाई स्थानीय तहहरुले राहत उपलब्ध गराएका छन । लकडाउन सुरु भएको ७१ औँ दिन पुग्दा स्थानीय तहले २० हजार ४२८ घरपरिवारलाई राहत बापतको खाद्यन्न उपलब्ध गराएका छन ।

जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले अति नै न्युन आय भएका र दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने परिवारलाई स्थानीय तहहरुले राहत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

Facebook Comments