यश कुमार परियार–कार्त्तिक ७,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज एकै दिन १ सय १० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य कार्यलय काभ्रेले यपलब्ध गराएको विवरण अनुसार विभिन्न स्थानका १ सय १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा बनेपाका ५४ जना, पनौतीका ८ जना, धुलिखेलका २६ जना, नमोबुद्धका ६ जना, मण्डनदेउपुरका ६ जना, पाँचखालका ५ जना, बेथानचोक, खानीखोला र चौरीदेउराली गाउँपालिकाका १÷१ जना, रोशी गाउँपालिकाका २ जना रहेका छन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८१ पुगेको छ । यस्तै आज २८ जना डिस्चार्ज भए सँगै डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।

यसैबिच काभ्रे जिल्लामा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपाका ५६ वर्षिय पुरुष छन् । उनको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यलयले जनाएको छ । यो सँगै काभ्रे जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ जसमध्ये १५ जना कोभ्रे जिल्लाका हुन् भने ८ जना अन्य जिल्लाका हुन् ।

Facebook Comments