फागुन १३,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ९ पालुघाटमा ओम छ्योर्तेन निर्माण कार्य शुभाराम्भ भएको छ । बिहिबार एक कार्यक्रमका बिच संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका पुर्व सांसद तिर्थ लामाले उक्त छ्योर्तेन निर्माणको शिलान्यास गरेका छन् ।

छ्योर्तेन निर्माणको शिलान्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद तिर्थ लामाले धार्मिक बिश्वास सहित निर्माण हुन लागेको धरोहरमा आफ्नो पुर्ण समर्थन रहेको बताए । तेमाल भनेको बौद्ध धर्मको आस्थाको केन्द्र भएको बताउँदै ओम निर्माण हुनु खुसीको कुरा भएको बताए । पुर्व सांसद लामाले उक्त छ्योर्तेन निर्माणमा आवस्यक परेको खण्डमा थप सहयोगको लागि पनि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

लामा गुरु लामा गोसेर तथा स्थानीय लामाहरुद्वारा बौद्ध परम्परा अनुसार पुजा पाठ पश्चात् उक्त छ्योर्तेन निर्माणको शिलान्यास गरिएको थियो । उक्त ओम छ्योर्तेन तेमाल गाउँपालिका र स्थानीयको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । ओम निर्माण कार्य आगामी बैशाख सम्ममा सम्पन्न हुने ओम निर्माण समितिका अध्यक्ष छेटुप लामाले बताए । पालुघाट लगायत वरिपरिका गाउँहरुमा मृत्यु भएका सम्पुर्णको नाममा ओम निर्माण गर्न लागेको अध्यक्ष लामाले जानकारी दिए ।

कार्यक्रममा निर्माण व्यवसायी तथा समाज सेवी छ्योइसाङ लामा, काभ्रे क्षेत्र नम्बर १ तरुण दलको अध्यक्ष गोर्खा लामा, तेमाल ९ नम्बर वडा सदस्य कान्छा लामा, धर्मगुरुहरु, लामा गान्बा ताम्बाहरु लगायत स्थानीय वासीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box