रोशी सहकर्मी–जेठ २३,
२०७७,काभ्रे/

काभे्रपलाञ्चोक जिल्लामा आज पाँच जनामा कोरोना सङक्रमण देखिएपछि जिल्ला कमाण्ड पोष्टले उनीहरुकासँग आएकाको कन्टयाक ट्रेसिङ सुरु गर्न लागेको जनाएको छ ।

जिल्ला कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कोरोना पोजेटिभ देखिएकाको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ सुरु गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना पुष्टि भएका पाँच जनालाई नै भक्तपुर पठाइएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार धुलिखेल अस्पतालमा भएको स्वाव परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको थियो । रोसि गाउँपालिकामा तीन, पनौती नगरपालिका र पाँचखाल नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण भेटिएको थियो । सङक्रमितमध्ये चार भारतबाट आएका हुन भने एक जना धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिया गर्न आएका थिए ।

Facebook Comments