रोशी सहकर्मी–जेठ २५,
२०७७,काभ्रे/

तरकारी खेतीका लागि प्रख्यात पाँचखालमा कोभिड १९ का कारण तरकारी बिक्न छाडेपछि यहाँका युवाहरुले बृद्धाश्रम र बालबालिकालाई निःशुल्क वितरण गर्न थालेका छन । पाँचखाल नगरपालिका वडा न ६ मा रहेको तीनपिप्ले युवा क्लवले काभ्रे, भक्तपुर र काठमाडौँका बृद्धाश्रम र बालबालिकालाई निःशुल्क तरकारी पु¥याउँदै आएका छन ।

यसैक्रममा आज काभ्रे जिल्लाको प्राणनाथ माइतीघर बृद्धाश्रम, हेपी चिल्डेन होर्म र हेल्प नेटवर्कमा वितरण गरेका छन । क्वलका अध्यक्ष सरोज धितालले बारीमा कुहिएर जानु भन्दा खान नपाएका बृद्धबृद्धा र बालबालिकालाई दिन पाँचखालका किसानले निःशुल्क तरकारी दिएको र त्यसको व्यवस्थापन आफुहरुले गरेको बताए । क्वलले गाडीमा तरकारी राखेर निश्चित ठाउँमा पु¥याउँदै आएको छ । कोभिड १९ का कारण तरकारी नबिकेपछि यती खेर पाँचखालका खेत मै कुहिन थालेका छन ।

Facebook Comments