रोशी सहकर्मी–जेठ २५,
२०७७,काभ्रे/

कोभिड १९ को सङक्रमण बढ्न नदिन सरकारले लकडाउन गरेको भएपनि काभ्रेका स्थानीयले भने उल्लघंन गर्न थालेका छन । काभ्रे प्रहरीले लकडाउन उल्लघंन गरेको भन्दै दैनिक सवारी साधनलाई नियन्त्रणमा पनि लिएको छ । तर लामो समय लकडाउनले रोजिरोटी मै समस्या परेको भन्दै स्थानीय बाहिर निस्किन थालेका छन ।

आज मात्रै जिल्ला प्रहरी काभ्रेले १६१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जसमा १२७ मोटरसाइकल, १५ स्कुटर, सानो गाडी १५, २ टिपर, रिक्सा र निशान गाडि एक/एक वटा गरी १६१ नियन्त्रणमा लिई कारवाहि गरेको छ ।

Facebook Comments Box