रोशी सहकर्मी–जेठ २७,
२०७७, काभ्रे (पनौती)/

पनौती नगरपालिकाले १२ वटै वडालाई वोयर जातको बोका वितरण गरेको छ । कृषि तथा पशुपन्छी शाखाले पशु नश्ल सुधार कार्यक्रम अन्र्तगत वडा वडामा वोयर जातको बोका वितरण गरेको हो । अघिल्लो आर्थिक बर्षमा छ वटा बोका बाँडेको नगरले यस आर्थिक बर्षमा बाँकी छ वडालाई बाँडेको थियो ।

यसैक्रममा आज (मंगलबार) एक कार्यक्रमका बीच नगरप्रमुख भीम न्यौपानेले छ वडालाई वोयर जातको बोका वितरण गरेका थिए । उनले वडा न ३, ४, ५, ८, १० र ११ वडाका फर्मलाई वितरण गरेका हुन ।

कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले मोरङ जिल्लाको बेलबारी नगरपालिकाबाट ल्याएका वोयर जातका बोका वितरण गरेको जानकारी दिनुभयो । नगरले ६५ प्रतिशत अनुदानमा वोयर बोका दिएको सापकोटाले जानकारी दिनुभयो । नगरले १२ वटै वडामा वोयर जातको एक÷एक बोका वितरण गरिसकेको जनाएको छ ।

अघिल्लो बर्ष छ वडामा वितरण गरेको नगरले यस बर्ष थप्प छ वडालाई वितरण गरेको हो । एउटाको बोकाको मूल्य रु ७२ हजार पाँच सय देखी ८७ हजार पाँच सय रुपियाँ रहेको छ । गोला प्रथा द्धारा बोका वितरण गरिएको थियो । वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चाँपागाई, बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी लगायतको उस्थिती रहेको थियो । पनौती नगरपालिकाले कृषि र पशुपन्छीलाई प्राथमिकता दिदैँ आएको छ । भैँसी संरक्षणका लागि सुत्केरी भत्ता, पाडी वितरण लगायतका कार्यक्रम नगरले गर्दै आएको छ ।

Facebook Comments