रोशी सहकर्मी–जेठ ३०,
२०७७,काभ्रे/

रोशी गाउँपालिका वडा नम्बर १ का २१ किसानले भुस्सा काट्ने मेसीन पाएका छन् । आज एक कार्यक्रमका बिच रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले किसानलाई बितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले किसानहरुको सहजताका लागि मेसीन वितरण गरिएको बताए । उनले यतिमा मात्रै सिमित नभई आगामि दिनमा कृषि केन्द्रित थुप्रै कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे । वडा कार्यालयमा भएको कार्यक्रममा किसानहरुलाई च्याप कटर(भुस्सा काट्ने) मिसिन बितरण गरिएको वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दहाल, समाजसेवी तथा शिक्षक गण बहादुर लामा, काजीमान लामाको उपस्थिति रहेको थियो ।

Facebook Comments