रोशी सहकर्मी–असार १,
२०७७,तालढुङ्गा/

खानीखोला गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा ३३ लाख रुपियाँ थप गरेको छ । कोरोना रोगथाम, नियन्त्रणमा कोषमा भएको रकम खर्च भएपछि थप ३३ लाख २५ हजार अन्य शिर्षकको रकम रकामन्तरण गरेर कोषमा जम्मा गरेको हो ।

गाउँपालिकाको कार्यपालिका बैठकले तालिम, गोष्ठी, भ्रमण, भत्ता लगायतका शिर्षकको रकम रकामान्तण गरेर कोषमा जम्मा गरेको गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलले जानकारी दिए । उनले ३३ लाख २५ हजार रुपियाँ रकामन्तरण गरेर विपद् कोषमा जम्मा गरेको जानकारी दिए । विकट रहेको उक्त पालिकाले विपद् व्यवस्थापनका लागि आठ लाख रुपियाँ जम्मा गरेको थियो । पछि कोरोना रोगथामका लागि बागमती प्रदेशले १० लाख रुपियाँ पठाएको थियो ।

त्यस्तै जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ लगायतका संघ संस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराएका थिए । सबै रकम सकिएपछि बाध्य भएर अन्य रकम रकामन्तरण गरेका हौँ, प्रवक्ता गोले भने–पालिकाले कोरोना रोगथाम, क्वारेन्टाइन व्यवस्थापन र औषधी खरिदमा २२ लाख रुपियाँ खर्च गरिसकेको छ ।

Facebook Comments Box