रोशी सहकर्मी–असार ५,
२०७७,पनौती/

पनौती नगरपालिकालाई नेपाल नगरपालिका सङघले स्वास्थ्य सामग्री सहयोग गरेको छ । एक जनामा कोरोना संक्रमण देखिएपछि संघले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नेपाल नगरपालिका सङघका अध्यक्ष अशोककुमार ब्याञ्जूले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेलाई सर्जिकल माक्स, स्यानिटाईजर, थर्मल गन, पीपीई सेट, ब्लोभ्स लगायतका सामाग्री उपलब्ध गराएका थिए । सङघले कोरोना सङक्रमण देखिएका नगरपालिकामा सहयोग उपलब्ध गराउँदै छ ।

व्याञ्जूले सात वटै प्रदेशका नगरपालिकाहरुमा सङक्रमित देखिएका सङघले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए । हस्तान्तरण कार्यक्रममा उपप्रमुख गीता बञ्जारा, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, सङघका कार्यकारी अधिकृत कलानिधी देवकोटा र कानुन अधिकृत सरिता सापकोटा लगायतको उपस्थिती रहेको थियो । नगरप्रमुख न्यौपनोले विपद्मा सङघले सहयोग गरेकोमा धन्यवाद दिए ।

Facebook Comments Box