रोशी सहकर्मी–असार ५,
२०७७,साँगा/

बनेपा नगरापलिका वडा नं. १४ को भवन आज असार ५ गते शिल्यानास गरिएको छ । आज विहान गरिएको कार्यक्रममा प्रमुख अतिथिमा पुर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाद्धारा भवन शिल्यानास गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समीति काभ्रेमा संयोजक उद्धब के.सी., बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे, उप प्रमुख रेखा दाहाल सापकोटा, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेति र वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । सो भवन ७० लाख लागतमा तीन तल्लाको निर्माण हुन लागेको हो ।

Facebook Comments