सांकेतिक तस्बिर

यश कुमार परियार–असार ५,
२०७७,काभ्रे/

जिल्लामा भेटिएका ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनिहरुको पछिल्लो पटक धुलिखेल अस्पतालमा गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरीएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानाकारी दिए ।

केएम्सि अस्पताल दुवाकोटमा उपचाररत काभ्रे जिल्लाका ५ जना कोरोना संक्रमित अपरन्ह डिस्चार्ज भएका थिए । उनिहरुलाई दिन रोशीका वडा अध्यक्ष र परिवारजन पुगेका थिए ।

उनिहरुलाइ १ हप्ता सेल्फ क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको छ । १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएकाहरुलाई पिसिआर टेस्ट नगरी सेल्फ आईसोलेसनमा पठाउने भएता पनि उनिहरुको पिसिआर परिक्षण गरीएको र अब जिल्लामा कोरोना संक्रमित देखिएका व्यक्तीमा लक्षण देखा नपरे १४ दिन आईसोलेसनमा राखी घर पठाईने डा. झाले जानकारी दिए ।

गत जेठ २३ गते रोशी गाउँपालिका वडा नं १० को २ जना र वडा नम्बर ३ का १ जना, पाँचखाल वडा नम्बर ३ का १ जना, पनौती नगरपालिकाको १ जना मा कोरोना पुष्टी भएको थियो ।

Facebook Comments