सांकेतीक तस्बिर

रोशी सहकर्मी–असार ६,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिका वडा नं. २ मा पर्ने पात्ले खोला देखि लर्के खोला सम्म ६ मिटरको सडक ग्राभेल गर्ने काम अन्तीम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ को योजना अनुरुप सडक ग्राभेल गर्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले जानकारी दिए ।

सडक मर्मतका निमित्त गाउँपालिकाको ५५ लाख र प्रदेश सरकारको ५५ लाख गरी कुल १ करोड १० लाख बजेट रहेको उनले जानकारी दिए ।

उक्त सडकबाट व्यक्तीको जग्गा, नदि पर्ने भएकाले हाल जग्गा कटान गर्ने, नदिमा बाँध निर्माण गर्ने देखि चौकी संरक्षण हुने काम भईरहेको उनको भनाई छ ।

Facebook Comments