रोशी सहकर्मी–असार ६,
२०७७,काभ्रे/

जिल्ला ट्राफिक प्रहरी कार्यलयलाई रोशी गाउँपालिकाले श्रव्यदृश्य सामाग्री सहयोग गरेको छ । शुक्रबार रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले एक कार्यक्रमका बिच जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङलाई एक थान ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको सडक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले ल्यापटप र प्रोजेक्टर वितरण गरेको रोशी गाउँपालिकाका अध्यक्ष डि.बी मोक्तानले जानकारी दिए । अग्रभागमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुका निमित्त गाउँपालिकाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख तामाङका अनुसार कार्यलयमा श्रव्यदृश्यका सामाग्री आवश्यक भएको र गाउँपालिकालाई गत जेठ ११ प्रस्ताव गरिएकोमा शुक्रबार सामाग्री उपलब्ध भएको बताए । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा कार्यक्रम विभिन्न विद्यालयका विद्यार्थी, एम्बुलेन्स चालक र अन्य सवारी साधनका चालकलाई श्रव्यदृश्य कक्षा सञ्चालन गरिरहेको छ । उक्त कक्षाका लागि ल्यापटप र प्रोजेक्टर अभाव भएकाले कक्षालाई प्रभावकारी बनाउन कार्यलयले गाउँपालिकासँग सहयोग मागेको उनको भनाई छ ।

Facebook Comments