रोशी सहकर्मी–असार १४,
२०७७,धुलिखेल/

जिल्लाको बेथानचोक गाउँपालिकाका एक पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको छ । आज धुलिखेल अस्पतालमा भएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले बेथानचोक गाउँपालिका वडा न ४ का २३ बर्षीय पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सङक्रमति पुरुष बेथानचोक गाउँपालिकाको वडा न २ ढुङखर्कमा रहेको क्वारेन्टाइनमा बसेका छन ।

सङक्रमति पुरुष बेथानचोक गाउँपालिकाको वडा न २ ढुङखर्कमा रहेको क्वारेन्टाइनमा बसेका छन । यस अगाडि काभ्रेका पाँच जनामा कोरोना पुष्टि भएको थियो । पाँचै जना उपचारपछि निको भएर घर फर्की सकेको डा. झाले जानकारी दिनुभयो । बेथानचोकमा २० जना भारतबाट आएका क्वारेन्टाइनमा बसिरहेका छन ।

Facebook Comments