अशोक बुद्ध लामा/ कार्तिक २१,
पौवा–रोशी,

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रमको दोस्रो दिन आज वडा नम्बर ११ मा सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा वडा नम्बर १२ देखि शुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज ११ नं वडामा सम्पन्न भएको हो । रोशी गाउँपालिका उपअध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा आज २० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । कुल २० जना मध्य क वर्गका १ जना, ख वर्गका ९ जना, ग वर्गका ८ जना र घ वर्गका २ जनामा परिचय पत्र बितरण गरिएको सहकर्मी अशोक बुद्ध लामाले जनकारी दिएका छन् । वडा नम्बर ११ का अध्यक्ष मिलन लामाले अपंगता भएका व्यक्तिलाई परिचय पत्र वितरण स्थल सम्म ल्याउन सहयोग गर्ने परिवार आफन्तालाई धन्यवाद दिदै अपंगता भएका व्यक्तिलाई वडाले पनि पहिचान गर्ने र सरकाले प्रदान गरेको सेवा, सुविधा तथा अधिकार अपंगता भएका व्यक्ति समक्ष पुर्याउन सहयोग गर्ने बताए ।

Facebook Comments