रोशी सहकर्मी–असार २४,
२०७७,पनौती/

पनौती नगरपालिकाले ५० लाख बराबरको कृषि सामग्री वितरण गरेको छ । आज एक कार्यक्रममा बीच नगरप्रमुख भीम न्यौपानेले उक्त कृषि सामग्री वितरण गरेका थिए । गत जेठ १४ गते आएको बाढीबाट पीडित किसानलाई नगरल ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल, स्पे्रयर पम्प र विषादी सुरक्षा सामग्री सेट वितरण गरेको थियो ।

कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले एक हजार भन्दा बढी किसानलाई ७५ प्रतिशत अनुदान कृषि सामग्री वितरण गरिएको बताए । सामग्री वितरण कार्यक्रममा नगर प्रमुख न्यौपाने, उपप्रमुख गीता बन्जारा, वडा न ८ का अध्यक्ष केशव बन्जारा, वडा न ६ का अध्यक्ष सुधिर सापकोटा, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चाँपागाई, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, पत्रकार मधुसुधन गुरागाई लगायतले मन्तव्य राखेका थिए ।

गत जेठ १४ गते आएको बाढीका कारण पनौतीमा मात्र पाँच करोड ९३ लाख बराबरको क्षति भएको नगरपालिकाले बनाएको कार्यदलले प्रतिवेदन पेश गरेको थियो । नगरले ५५० वटा प्लाष्टिक टनेल, ३६० स्प्रेयर पम्प र ३३५ विषादी सुरक्षा सामग्री सेट वितरण गरेको छ । बाढीबाट ६६५ वटा टनेल प्लाष्टिक घर पूर्णरुपमा क्षति भएको थियो । त्यस्तै सिँचाई, धान, आलु लगातयमा क्षति पुगेको थियो ।

Facebook Comments