Monday, July 20, 2026
Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चट्याङ लागेमा तुरुन्तै के गर्ने ? चट्याङबाट कसरी बच्ने ?

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ ६, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
चट्याङ लागेमा तुरुन्तै के गर्ने ? चट्याङबाट कसरी बच्ने ?
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

प्रि–मनसुनसँगै नेपालमा चट्याङका घटना बढेका छन् । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा चट्याङबाट मृत्यु हुनेको संख्या १०० हाराहारीमा छ । चट्याङ पर्दा के कस्तो सावधानी अपनाउने ? चट्याङले असर पारे के गर्न सकिन्छ भन्ने हेक्का नहुँदा चट्याङका कारणले धेरैले ज्यान गुमाउने गरेका छन् भने थुप्रै घाइते हुने गरेका छन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

चट्याङले असर गरेमा के गर्ने ?
– यदि आफ्नो वरपर नजिकै कसैमाथि चट्याङ परेको देखिहालेमा सम्भव भएसम्म तत्काल पहिले नजिकको अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ ।

– एम्बुलेन्स आउने समयसम्म प्राथमिक उपचार गर्नुपर्छ ।

– कतिपयले पीडितलाई छुँदा करेन्ट लाग्ने भयले नछोइबस्न सक्छन्, जुन गलत हो । चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी नहुने हुँदा उनीहरुलाई छुनु सुरक्षित नै हुन्छ ।

– चिकित्सक नआउने समयसम्म पीडितको अवस्था अवलोकन गरी चट्याङ लागेका व्यक्ति बेहोसीको अवस्थामा भए सास चलिरहेको छ कि छैन हेर्नुपर्छ । चट्याङ लागेको व्यक्तिको नाक र मुख छेउमा आफ्नो दुई औंला वा कान राखेर हावा आइरहेको छ कि छैन अनुभव गर्न सकिन्छ ।

– मुटुको धड्कनको गति पनि छामेर जाँच गर्न सकिन्छ ।

– सास फेरेको छैन जस्तो लाग्छ भने नाडी १० सेकेण्ड जति छामेर हेर्नुपर्छ । छाम्दा नाडी र गर्दनमा दुई औंला बलियोसँग राखी स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार भइरहेको थाहा हुन्छ ।

– नाडी छाम्दा भेटिएन भने तुरुन्त सीपीआर दिनुपर्छ ।

– सीपीआर गर्न छातीको केन्द्रमा दुवै हातले बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ । यसरी धक्का दिंदा फोक्सोमा भरिएको पानी पनि बाहिर आउन सक्छ । यो बीचमा एम्बुलेन्स आइपुगेमा पनि सीपीआर जारी राख्नुपर्छ ।

– प्रायः चट्याङ पर्दा टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले टाउको र खुट्टा जलेको, हड्डी भाँच्चिएको, सुन्ने शक्ति वा हेर्ने शक्ति पनि नभएको हुनसक्छ । त्यसैले यी कुरा जाँच गर्नुपर्छ ।

– सामान्य चोटपटकले रगत बगिरहेको छ भने मलमपट्टी गर्नुपर्छ ।

चट्याङबाट कसरी बच्ने ?

– आकाशमा बिजुली चम्किनेबित्तिकै चट्याङ पर्न लाग्यो भन्ने बुझ्नुपर्छ, त्यसबखत थचक्क बस्नुपर्छ ।

– हातलाई घुँडामा टेकाएर टाउको निहुराएर होचो ठाँउको भुईंसतहमा बस्नु राम्रो हुन्छ ।

– यो समयमा छाता खोल्ने वा मोबाइल फोन प्रयोग गर्ने गर्नुहुँदैन । किनभने यी वस्तुमा भएका धातुले करेन्टलाई शरीरतर्फ तान्न मद्दत गर्छ ।

– चट्याङ पर्दा वा बादलबाट मेघ गर्जनको आवाज आउँदा घरभित्र हुनुहुन्छ भने विद्युतीय उपकरणबाट टाढै रहनुपर्छ ।

– यस्तो समयमा खेतबारीमा काम गर्न निस्किनुहुँदैन । खेतमै भएको अवस्थामा नजिकै रहेको पाटी वा छाप्रोमा बस्न सकिन्छ ।

– झ्याल र ढोका बन्द गर्नुपर्छ । बार्दली र कौसीमा बस्नु हुँदैन । यसबाहेक बिजुलीसँग जोडिएको वस्तु छुनु उपयुक्त हुँदैन । धातुबाट बनेका पाइप, धारा र हात धुने बेसिनलाई सम्भव भए केही समय टाढा रहनुपर्छ ।

– चट्याङ परेको बेला रुखमुनि, अग्लो भवन वा खुल्ला ठाँउमा उभिनुहुँदैन । अग्लो ठाँउमा बस्दा समूहमा उभिनुको सट्टा अलग्गै उभिनुपर्छ । सबैभन्दा राम्रो भनेको नजिकैको घरमा आश्रय लिनु हो ।

– यात्राको क्रममा चट्याङ परेमा गाडीमै बस्नुपर्छ । बाइकमा भए तुरुन्त रोकेर घर वा पार्टी भएको स्थानमा बस्न सकिन्छ ।

– बिजुली वा टेलिफोनको पोल र र कुनै पनि मेसिनबाट टाढा रहनुपर्छ । यदि पानीमुनि वा डुंगामा भएको अवस्था छ भने तुरुन्तै बाहिर निस्कनुपर्छ ।

Previous Post

पश्चिमी अफगानिस्तानमा बाढीका कारण ५० जनाको मृत्यु, १० जना बेपत्ता

Next Post

आज बागमती, कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
आज बागमती सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती, कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पालिका अध्यक्ष लामाको अपील

आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पालिका अध्यक्ष लामाको अपील

बुधबार, बैशाख १९, २०८१
बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न

बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न

बिहिबार, पुस १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.