काभ्रे,
पश्चिमी अफगानिस्तानको घोर प्रान्तमा वर्षा र बाढीका कारण बितेको २४ घण्टामा ५० जनाको मृत्यु हुनुका साथै अन्य १० जना बेपत्ता भएका छन् । बाढीले प्रान्तका सहरक, दुलिना, लाल र सर्जङ्गल जिल्लामा २ हजार आवासीय घर र २५ सय पसलमा क्षति पु¥याएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुलरहमान बद्रेसले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र संघका निकायहरूले बाढीमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाएका छन् । बाढीमा परि हजारौँ गाईवस्तु मारेको र धेरैलाई क्षति पु¥याएको बीबीसले जनाएको छ ।