रोशी सहकर्मी–असार २४,
२०७७,काभ्रे (नाला)/

बनेपा नगरपालिका वडा नं ४ नालामा निसान दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ । भक्तपुरबाट नाला–शेरातर्फ जाँदै गरेको बा १ क ९२३६ नम्बरको निसान ब्रेक फेल भई दुर्घटना हुदाँ भक्तपुर सूर्यबिनायक नगरपालिकाका १८ वर्षीय सहचालक सुजन वाग्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सहचालक वाग्लेको उपचारका लागि बनेपाको शिर मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा सहचालकको मृत्यु भएको उनले जानकारी दिए ।

घटनाको बारेमा अनुुसन्धनका लागि भक्तपुर सूर्यबिनायक नगरपालिकाका २२ वर्षीय चालक सौगात तामाङलाई सवारी सहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बनेपाले जानरकारी दिएको छ ।

Facebook Comments