रोशी सहकर्मी–असार २६,
२०७७,पनौती/

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा न ४ मा आज एक दिने निःशुल्क आयुर्वेद तथा चिकित्सा शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा ७५२ जनाले सेवा लिएका थिए । कोरोना भाइरसलाई लक्षित गरेर उक्त शिविर सञ्चालन भएको केन्द्रका प्रमुख डा. मनोज चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार निःशुल्क शिविरमा रोगप्रतिरोधात्म क्षमता बढाउने औषधी, जेष्ठ नागरिकलाई स्वास्थ्य बद्र्धक औषधी, पेट, हाडजोर्नी, श्वासप्रश्वास सम्बन्धी, पाइलस, फिस्टोला, स्त्रीरोग, पिसाव लगायतका आयुर्वेधिक औषधी वितरण गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले गरेकी थिइन । कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष बुद्धसिंह थापा, वडा सदस्य नकुल श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments