रोशी सहकर्मी–साउन ३,
२०७७,काभ्रे/

जिल्लाको धुलिखेल नगरपालिकामा नगरबासी सँग मेयर कार्यक्रम सुरु भएको छ । सोहि कार्यक्रम अन्तर्गत मेयर अशोक व्याञ्जु जनताको घर दैलोमा पुग्न थालेका छन् । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ‘नगरबासीसँग मेयर’ कार्यक्रम राखिएसँगै मेयर व्याञ्जु आज (शनिबार) बाट नगरबासीको घरदैलोमा पुग्न थालेका हुन् । उनि आज वडा नम्बर १० को विभिन्न स्थानमा गई वडाका नागरिकसँग भेटघाट, छलफल तथा अन्र्तक्रिया गर्दै गुनासो, सल्लाह सुझाव लिईरहेका छन् ।

यस कार्यक्रममा नागरिकहरु सँग अघिल्लो आर्थिक वर्षमा सकिएका योजनाहरुको समीक्षा, चालु आर्थिक वर्षमा वडामा सञ्चालन हुने कार्यक्रमहरुको जानकारी र नगरपालिकाले गरेको कामका बारे नागरिकको सल्लाह, सुझाव तथा प्रक्रिया लिने मेयर ब्याञ्जुले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले धुलिखेल नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार जस्ता कार्यक्रममा आम जनसहभागिता जुटाउन र नगरपालिकाप्रति अपनत्व कायम गर्न सजिलो हुने विश्वास छ ।

मेयर व्याञ्जुका अनुसार यो कार्यक्रम दुई महिना सम्म चल्ने र यस अवधिमा सबै वडामा पुगेर सबै नागरिकहरुको गुनासो, सल्लाह सुझाब लिने ब्याञ्जुले बताए । मेयर ब्याञ्जुले सबै वडाका नागरिकले भोगिरहेको समस्या टिपोट गर्ने, सम्भाब्यता अध्ययन गर्दै आगामी दिनमा गर्न सक्ने कामको बारेपनि छलफल गर्ने बताए ।

Facebook Comments