सांकेतीक फोटो

रोशी सहकर्मी–साउन ४,
२०७७,काभ्रे/

काभ्रेको मण्डनदेउपुरमा पहिरो खस्दा एक घरमा क्षती भएको छ । आज बिहान आएको पहिरोले मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ बाँसपानीको राजकुुमार कुंवरको घर माथिवाट आएको पहिरोले क्षति पुगेको हो ।

वडा सदस्य रामलाल तामाङका अनुसार घरभित्र रहेको अन्नपात, लत्ताकपडा भने पुरै नष्ट भएको छ । पहिरोका कारण करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । बिहान साढे ४ बजेतिर माथिबाट आएको पहिरोले घरको भित्तापट्टिको गाह्रो भत्काइदिएको वडा सदस्य रामलाल तामाङले जानकारी दिए ।

पहिरोले क्षती पुर्याएको घरमा पाहुना आएका एक जना बाहेक कुवँरका ७ जना सुतिरहेका थिए । मानवीय क्षति भने नभएको घटना स्थल पुग्नुभएका वडा सदस्य तामाङले जानकारी दिए ।

Facebook Comments Box