काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लामा तोकिएको मापदण्ड विपरित ओभर लोड बोक्ने ट्रिपरलाई ट्राफिक प्रहरीले कारवाही थालेकोे छ । तौल पुल प्रयोग गर्न अटेर गरेर तोकिएको मापदण्ड विपरित निर्माण सामग्री बोक्ने टिपर चालक र ब्यवसायी विरुद्ध ट्राफिक प्रहरीले कारबाही थालेको हो । दैनिक ७० देखि ८० वटा टिपर कारबाहीमा पर्दै आइरहेका छन् । सम्झाइ बुझाइ गर्दा नमान्ने ओभर लोड बोकेका अटेर गर्ने १२ वटा ट्रिपरलाई भने कारवाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । अरनिको राजमार्गको केराघारी, पनौती र बीपी राजमार्गमा तौल पुल राखिएको भएपनि टिपर चालकहरु तौल पुल प्रयोग गर्न मानिरहेका छैनन् ।