रोशी सहकर्मी–साउन ७,
२०७७,बनेपा/

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा काभ्रे जिल्लाबाट उद्योगी सुरकृष्ण बैद्यले केन्द्रीय सदस्यका लागि उम्मेदारी घोषणा गरेका छन । आज एक कार्यक्रमका बीच बनेपा बैद्यले आगमी साउन २६ र २७ गते हुने अधिवेशनमा काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदारी घोषणा गरेका हुन । उनले जिल्ला/नगर उद्योग बाणिज्य संघको खुल्ला तर्फको कार्यकारिणी सदस्यको उम्मेदार भएको बताए । मुलुकभरबाट १८ जना खुल्ला सदस्यबाट निर्वाचित हुने छन ।

बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्यानलबाट आफ्नो उम्मेदारी भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । बाणिज्य संघको निर्वाचन नजिकिएसँगै जिल्ला /नगर उद्योग बाणिज्य संघमा सरगर्मी बढ्न थालेको छ । बरिष्ठ उपाध्यक्ष नै अर्का पटक अध्यक्ष हुने भएपछि प्यानल मै मत माग्न सुरु भएको छ ।

बर्तमान कार्यसमितको कार्यकारी सदस्य रहेका बैद्यले नेपाल सरकारले औद्योगिक क्षेत्र खोल्नुपर्ने बताए । उनले उद्योगीले नै जग्गा खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने भएकाले सरकारले औद्योगिक क्षेत्र तोकेर त्यहाँ भौतिक संरचना बनाएर दिनुपर्ने नयाँ नेतृत्वको मुख्य मुद्धा भएको बताए । यो गर्न सकेमा सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुने बताए । उनले जग्गा खरिद गर्नुपर्ने रकम उद्योगमा लगानी गर्न पाउने भएकाले धेरै भन्दा धेरै बेरोजगार युवालाई रोजगारी दिन सकिने बताए ।

घोषणासभामा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जूकुमार कोजू, काभ्रे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दियशरत्न शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments