रोशी सहकर्मी–साउन १०,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ कानपुरमा २१ कोठे विद्यालयको शिलान्यास गरीएको छ । रु ६ करोड ५२ लाख ३६ हजार दुई सय ८२ रुपैंयाको लागतमा निमार्ण हुने यस विद्यालय २१ कोठाको हुने वडा अध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिए ।

भारतीय राजदुतावासको आर्थीक सहयोग रहेको यस कानपुर माध्यमीक विद्यालयको भवन भुकम्प प्रतिरोधि बन्ने छ । २०७२ सालको भुकम्प पछि अस्थाई सिकाई केन्द्र मार्फत विद्यार्थिहरुलाई पढाईदै आएको थियो ।

अब बन्ने पक्की भवन ९ कोठाको एउटा र ६/६ कोठाको दुई ओटा गरी ३ ओटा भवन रहेको छ । शिलान्यास भएको भवन आगामी जेठ १५ भित्र निमार्ण सम्पन्न गर्ने द्धपक्षिय सम्झौता भएको वडा अध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिए ।

Facebook Comments Box