माघ ३०,
२०७७,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिका वडा नं ७ होक्से स्थित जोरपिपलमा कोदालोको विडले हानेर छोराले आफ्नै बुबाका हत्या गरेका छन् ।

पाँचखाल वडा नं ७ का ३८ वर्षीय राजु गौतमले कोदालोको विडले हानेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ५५ वर्षीय बलराम गौतमलाई आफ्नै छोरा राजुले कोदालोको विडले हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई घटनाबारेमा आज बिहान ५: ३० बजे जानकारी भएको हो । घटनापश्चात राजु हिरासत रहेको सूचना अधिकारी थापाले बताए । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका काभ्रेको जानकारी छ ।

Facebook Comments