रोशी सहकर्मी–साउन १३,
२०७७,काभ्रे/

जिल्लाको विकट खानीखोला गाउँपालिकामा वर्षाका कारण सदरमुकाम जोडिने सडक अवरुद्ध भएपछि बिरामीको हेसलकप्टर मार्फत उद्धार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ सतभैयाका कामी सिं थोकरको छोरी रन्जिता थोकरलाई हेलिकप्टर मार्फत उद्दार गरिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए ।

रन्जिता ३ दिन देखि झाडापखालाका कारण बिरामी थिईन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दै गर्दा बेहोस अवस्थामा रहेकी थोकरको स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि उपचारको लागि काठमाडौ लगिएको प्रवक्ता गोलेले जनकारी दिए ।

यस अघि हिजो (सोमबार) वडा नम्बर ४ जगथलीकी गर्भवती महिलाको पनि हेलिकप्टर मार्फत उद्दार गरिएको थियो । गाउँमा सुत्केरी हुन नसकेपनि गर्भवतीलाई हेलिकप्टर मार्फत उद्दार गरिएको हो । पालिका अध्यक्ष कृष्ण बहादुर खुलालका अनुसार खोपासी–कामिडाँडा–तालढुङ्गा सडकको स्याउरीथलीमा अविरल वर्षाका कारण पहिरो गएर सडक नै बगाएपछि यातायात ठप्प भएकोछ । यसैगरी फलामेटार–च्याल्टि र च्याम्राङबेसी–मिल्चि सडक खण्ड पनि ठप्प भएकोछ । निरन्तर वर्ष भईरहेको कारण तत्काल बाटो मर्मत गर्न नसकिने उनको भनाई छ ।

Facebook Comments