रोशी सहकर्मी–साउन १४,
२०७७,सिन्धुपाल्चोक/

भोटेकाशी गाउँपालिकाको फुल्पिङकट्टी पहिरोमा बेपता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परि हराईरहेका ४८ वर्षका सेमसाङ शेर्पाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

खोज तथा उद्दार जारी राखेकोमा आज उनको शव भेटिएको हो । पहिरोमा परि अर्का एका जना ४८ वर्षका सोमवुटी शेर्पा अझै हराइरहेको र उनको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । साउन १ गते फुल्पिङकट्टीमा पहिरो जादा पाँच जना पुरिएका थिए । तीन जनाको शव सोही दिन भेटिए पनि बाँकी दुई जना बेपता थिए । बाँकी दुईमध्ये एकको शव आज भेटिएको हो ।

Facebook Comments