रोशी सहकर्मी–साउन १५,
२०७७,काभ्रे/

बिगत लामो समय देखि विबादमा अल्झीएको क्षेत्रिय रंगशाला निर्माण कार्य अब अगाडी बढ्ने भएको छ । जग्गा विवादकै कारण क्षेत्रीय रंगशाला निर्माण लामो समय देखि रोकिएको थियो ।

साविक मल्पी गाविस. १ स्थित कित्ता नं. १३२ को जग्गा कँडेल परिवारले पञ्चायतकालमा सार्वजनिक जग्गा आफ्नो नाममा नाम सारेको स्थायीको दाबी थियो । तर विवाद अदालतमा पुग्यो र फैसला कँडेल परिवारको पक्षमा आयो । अदालतबाटै मुद्दा हारेपछि नगरपालिकाले कँडेल परिवारसँग सहमति गरेर त्यो जग्गा किनेको छ ।

‘रंगशालाको जग्गा विवाद अब सकिएको छ, जग्गाको लालपूर्जा हात पारेपछि अब निर्माण कार्य अगाडि बढ्ने नगरपालिकाका प्रमुख न्यौपानेले बताए । विवादित जग्गा नगरपालिकाले ३ करोड ६२ लाख रकममा खरिद गरेको हो ।

Facebook Comments