रोशी सहकर्मी–साउन १५,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले पालिका अन्तर्गत सञ्चालित विद्यालयहरुमा कार्यरत स्थायी शिक्षहरुले सम्पत्ति विवरण बुझाउन भनेको छ । आज शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७६/०७७ को सम्पत्ति विवरण शिक्षा विकास तथा समन्वय ईकाई साथै कार्यलयमा बुझाउन भनेका छन् ।

सुचनामा अस्थायी, करार, अनुदान, राहत, बालविकास केन्द्र र विद्यालयका कर्मचारीहरुको सम्पत्ति विवरण बुझाउनु पर्ने भनिएको छ । उक्त विवरण यहि साउन ३२ गते सम्म कार्यलयमा पेश गर्नुपर्ने प्रमुख तामाङले जानकारी दिए ।

Facebook Comments Box