यश कुमार परियार–साउन २३,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाको व्यापारीक केन्द्र भकुण्डे बजारमा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको छ । फलफुल तथा तरकारी मुल्य श्रीङखला विकास आयोजना र नमोबुद्ध नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको तरकारी संकलन केन्द्रको आज एक कार्यक्रमका बिच नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना र उपप्रमुख राम देवि तामाङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाले खाद्य सूरक्षा, किसानको हकहितका लागि कार्यविधि नै बनाएर कार्यान्वयन गर्न लागेको बताए । नगरपालिकामा चाँडै नै खसी बोका संकलन केन्द्र स्थापना गर्ने र त्यसबाट नमोबुद्ध नगरपालिकासहित तेमाल गाउँपालिका, रोशी गाउँपालिकाका साथै छिमेकी जिल्ला सिन्धुलीका पशुपालक किसानसमेत लाभान्वित हुने तिमल्सिनाले बताए । यस्तै युवालाई स्वरोजगार बनाउन कृषि र पर्यटनमा आधारिक रोजगारमुलक कार्यक्रम तय गरिएको, कृषि पर्यटनको अवधारणा तयार पारिएको तिमल्सिनाले बताए ।

कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा कृषि, पर्यटन र व्यापारलाई एकसाथ अघि बढाउने योजना बनाएको जानकारी दिईन् । उनले नगरभित्र उत्पादित मौलिक सामग्री प्रदर्शनी र बिक्रीका लागि कोसेली घरको अवधारणा ल्याइएको जानकारी दिईन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले तरकारी बजारलाई अझै व्यवस्थित बनाउँदै लैजाने बताए। सबै वडाका किसानको नेटवर्क बनाउने, काठमाडौंका साथै तराईका बजारसम्म किसानको उत्पादन सहजै पुग्ने व्यवस्था मिलाउने उनको भनाई छ । । तरकारी, मासु र अण्डामा नमोबुद्ध नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको चापागाईंको भनाई छ ।
भकुण्डे कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका कृषि संयोजक एवं वडा नंवर ९ का वडाअध्यक्ष मेलवहादुर लामाले कृषिलाई व्यवसायिक बनाउँदै लैजान नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।

फलफुल तथा तरकारी मुल्य श्रीङखला विकास आयोजनाको १५ लाख र नगरको ५ लाख आर्थिक सहयोगमा संकलन केन्द्र स्थापना गरिएको नगर कृषि शाखा प्रमुख रेसम दाहालले जानकारी दिए । साथै सोहि अवसरमा भि.सि.डि.पि.ले १ सय वटा क्रेट पनि सहयोग गरेको थियो ।

यसैबिच नगले कृषकहरुको निमित्त भुसा काट्ने मेसीन पनि वितरण गरेको छ । नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले कृषि तथा पशुपंक्षी विकास संयोजक तथा वडा नं ९ का अध्यक्ष मेल बहादुर लामालाई हरेक वडामा ६ वटाको दरले वितरण गर्ने गरी ६६ वटा मेसीन वितरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना, उपप्रमुख राम देवि तामाङ, सभाध्यक्ष भकुण्डे कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भरत प्रसाद न्यौपाने, काभ्रे तरकारी बजार व्यवस्थापन समितिका जिल्ला अध्यक्ष पुर्ण चन्द्र सिग्देलले मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघका प्रतिनिधिहरु, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई, विभिन्न वडाका अध्यक्षहरु, नगर कृषि शाखा प्रमुख रेशम दाहाल, भकुण्डे प्रहरी चौकीका ईन्चार्ज अशोक महतो लगायत कृषकहरुको उस्थिति रहेको थियो ।

Facebook Comments