काभ्रे,
डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा काभ्रेका दुई जना पक्राउ परेका छन् । फेसबुकमा फेक आइडी बनाइ साथी बनाएर डिपेन्डेन्ट भिसामा युके लैजाने भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चौरीदेउराली गाउँपालिका–७ स्थायी घर भई हाल काठमाण्डौ बस्ने १९ वर्षीय मनिष भुजेल र भुम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी छन ।
पक्राउ परेकाहरुले फेसबुकमा नेहा गुरुङ नामको फेक आईडी मार्फत फेसबुकमा साथी बनाउँदै आएका थिए । उनीहरुले एकजनालाई प्रलोभन देखाई डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनि ६ लाख १ हजार ९ सय ५५ रुपैयाँ ठगी गरेका थिए ।
पक्राउ परेकालाई उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।