काभ्रे,देबराज,
काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निर्माण हुँदै गरेको तेमाल बृहत खानेपानि आयोजनाको ईस्टमेट तथा स्थल निरिक्षण गरिएको छ । तेमाल गाउँपालिका वडा नं ३ का अध्यक्ष बिष्णु बहादुर तामाङको नेतृत्वमा आयोजनाका प्राबिधिक इन्जिनियर एवं उपभोेक्ता समितिका सदस्यहरुले प्राबिधिक ईस्टमेट तथा ठाउँ निरीक्षण गरेका हुन् । बाग्मति प्रदेशको पन्ध्र लाखका बजेट बाट आयोजनाको निर्माण कार्य सुरु गरिने बताइएको छ । ‘अहिले हामी प्राविधिक ईस्ट्मेट तथा ठाउँ निरीक्षणको क्रममा छौ, प्राबिधिक ईस्ट्मेट तयार भएको एक डेढ महिनापछि आयोजनाको निर्माण कार्य सुरु गर्ने योजनामा छौ’ वडा अध्यक्ष तामाङले भन्नुभयो । तेमाल बृहत खानेपानि आयोजना निर्माण सम्पन्न पश्चात तेमालका साथसाथै छिमेकी नमोबुद्ध नगरपालिकाका नागरिकहरु पनि लाभान्विंत हुने बताईएको छ ।