काभ्रे,देबराज उप्रेती,
नमोबुद्ध नगरपालिकाभित्र रहेका सम्पुर्ण सहकारीका प्रतिनिधिहरुका लागि संचालित सहकारी व्यवस्थापन सम्बन्धि ६ दिने तालिमको समापन भएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा आज तालिमको समापन गरिएको हो । भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण सहकारी प्रशिक्षालय चितवन, भरतपुरको आयोजनामा सञ्चालित कार्यक्रममा नमोबुद्ध नगरपालिकाको प्रत्येक वडामा रहेको सहकारीमा आवद्ध ३० जना प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । तालिममा उपस्थित सहकारीका प्रतिनिधिहरुलाई सहकारीलाई कसरी अगाडि बडाउने ,ऐन नियम अनुसार कसरी काम गर्ने ,बचत गर्ने तरिकाको बारेमा तालिम प्रदान गरिएको छ । तालिममा सहभागी प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
तालिमलाई सम्बोधन गर्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साले यस तालिमले सहकारीहरुलाई निकै फलदायी रहने बताउनुभएको छ । उँहाले नगरभित्र संचालित सहकारीहरुलाई आवस्यक पर्ने अन्य तालिमहरुको लागिपनि नगरले सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । समापन कार्यक्रममा आयोजक टिमका प्रतिनिधिहरु , नगरपालिका सहकारी शाखा प्रमुख तारादेवी सुनुवार, नगर योजना अधिकृत तथा नमोबुद्ध नगरभित्र रहेका सम्पुर्ण सहकारीका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।