रोशी सहकर्मी–फागुन १२,
२०७६,काभ्रे/

सेञ्चुरी कमर्सियल बैंक र धुलिखेलमा रहेको माउण्ट प्रिन्सेस होटल प्रा.लि. बीच बैंकले आफ्ना ग्राहाकहरुले डिजिटल माध्यमबाट भुतmानी गर्दा १० प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको छ । नेपाल भ्रमण बर्ष २०२० मा काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य “पर्यटन विकासको एउटै लक्ष्य, धुलिखेलको उज्जवल भविष्य“ सफल पार्न बैंकले आफ्ना देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहाक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरि सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहाक र संस्थापक शेयरधनीले होटलको रुम बुकिङ र फुड एण्ड वेभरेज लगायतका सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गर्नुभएको छ । बैंकले देशभर १३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ । काभ्रे जिल्लामा बैंकले सबै भन्दा बढि ७ वटा शाखा कार्यालय साँगा,नाल्दुम नगरकोट,नाला,बनेपा,पनौती ,धुलिखेल र दोलालघाटबाट ग्राहाकबर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments